राष्ट्रपतिद्वारा बन्दी पराजुलीको कैद माफी
असार - २० । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्को सिफारिसमा कारागार कार्यालय अर्घाखाँचीका बन्दी रुद्रप्रसाद पराजुलीको बाँकी कैदको सजाय आज माफी गरिएकाे छ ।
कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२ क) एवम् सजाय माफी, मुल्तबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ बमोजिम हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा सात वर्ष कैद फैसला भई तीन वर्ष तीन महिना सात दिन सजाय भुक्तान गरेका पराजुलीको बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस
bidhya debi bhandari