परिवार दलको महाधिवेशन तयारी पूरा
असार - २० । नेपाल परिवार दलको दोस्रो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
राजधानीमा पत्रकार सम्मेलन गरी परिवार दलले महाधिवेशनको तयारी परा भएको जनाएको हो । राजधानीको प्रज्ञा प्रतिष्ठानमा असार २१ र २२ गते हुने महाधिवेशन सम्पन्न गर्न विभिन्न १७ वटा समिति गठन गरिएको पनि दलले जनाएको छ ।
एक हजार २ सय प्रतिनिधिको सहभागिता रहने महाधिवेशनमा एशियाबाट १५ देशका प्रतिनिधिहरुको समेत सहभागिता रहने जनाइएको छ । दुई दिनसम्म संचालन हुने महाधिवेशनमा करिब ३० लाख रुपैयां खर्च लाग्ने जनाइएको छ ।
Nepal Pariwar Dal