ताजा खबर News

आगामी आवदेखि कामपाका सम्पूर्ण सेवा विद्युतीय प्रणालीबाट

आगामी आवदेखि कामपाका सम्पूर्ण सेवा विद्युतीय प्रणालीबाट

असार - २० । आफ्नो सेवालाई चुस्त र पारदर्शी बनाउन आगामी आवदेखि काठमाडौँ महानगरपालिकाले सम्पूर्ण सेवा विद्युतीय प्रणाली मार्फत गर्ने तयारी गरेको छ ।

computer-system_2e40507e8118a24aमहानगरको सोवालाई कागजरहित, प्रविधिमा आधारित भएर प्रदान गर्न र नागरिकका घर घरमा सेवा विस्तार गर्न विद्युतीय प्रणालीमा विस्तार गर्न लागिएको कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताउनुभयो । आगामी साउन १ गतेदेखि विद्युतीय सेवा प्रणाली लागु गर्न आवश्यक व्यवस्थापनको काम अन्तिम चरणमा पुगिसकेको बताइएको छ ।

कामपा, प्रविधि विकास शाखा प्रमुख राम सापकोटाका अनुसार उक्त सेवा विस्तारका लागि शाखाले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । “ एक सय ९० वटा कम्प्युटरबाट कर्मचारीलाई तालिम दिइएपछि साउनबाट सेवा सुरु हुन्छ” सापकोटाले बताए ।

विद्युतीय सेवा अन्तर्गत नक्सा पास गर्ने, कर दिने – लिने, बक्यौता रकमका बारेमा जानकारी, करको शीर्षक, कामपाको कामकारबाही, नागरिकको गुनासोे, नीति नियमबारे सम्पूर्ण जानकारी इन्टरनेट मार्फत भई घर घरबाटै नागरिक र कामपाबीच सिधा सम्पर्क हुनेछ ।

त्यसैगरी बजेट अनुगमन तथा योजना प्रणाली, वित्तीय प्रणाली, राजस्व व्यवस्थापन, कर्मचारीको सूचना आदानप्रदान, जनशक्ति व्यवस्थापन, नागरिक इन्टरफेस प्रणाली लगायत सबै काम हुने बताइएको छ । यसका लागि कामपाले ३५ वटै वडाका नागरिकको तथ्याङ्क कम्युटरमा राख्ने काम पनि गरिरहेको छ ।

एसियाली विकास बैंक र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लगानीमा हुन लागेको उक्त कामका लागि झन्डै रु चार करोड लाग्ने अनुमान गरिएको छ । सबै वडा कार्यालयबाट नागरिकले उक्त सेवा प्रप्त गर्न सक्नेछन् ।

सेवा विस्तारसँगै महानगरलाई स्थानीय निकायको नेतृत्वदायी भूमिकामा पु¥याउन सकिने विश्वास कामपाले लिएको छ । विद्युतीय प्रणाली कार्यन्वयनपछि महानगरका विभिन्न शीर्षकमा सङ्कलन गरिने कर पनि बिनाबक्यौता असुल हुने विश्वास लिइएको छ । हाल कामपामा झन्डै एक लाख घरजग्गा करदाताको सङ्ख्या रहे पनि ३० प्रतिशतले मात्र नियमित रुपमा समयमै कर तिर्दै आएका छन् । रासस

Mahanagar Palika

विशेष