News

राष्ट्रिय युवा परिषद्ले पुर्णता पायो यस्ता छन् सदस्यहरु (सूची सहित)

राष्ट्रिय युवा परिषद्ले पुर्णता पायो यस्ता छन् सदस्यहरु (सूची सहित)

असार २० । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषदमा २४ सदस्य नियुक्त गरेको छ । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार पहिलो पटक सदस्य नियुक्त गरिएका हुन् ।

मन्त्रालयले गत फागुनमा माधव ढुंगेललाई परिषदको अध्यक्ष नियुक्त गरेको छ । ऐनअनुसार सदस्य नियुक्तिसँगै परिषद्ले पूर्णता पाएको छ । प्रावधानअनुसार युवा सम्बन्धी संघसंस्थाबाट नियुक्ति पाउने ४ जना छन् । जसमा भावना भट्ट (प्युठान), रुपा उप्रेती (बारा), टिका पौडेल (इलाम) र सुजित के.सी. (काठमाडौं) छन् ।

त्यसैगरी आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक समुदाय वा पिछडिएको क्षेत्रबाट १४ जनालाई नियुक्त गरिएको छन् । थप एकजना अपाङ्ता भएको महिला नियुक्त हुन बाँकी रहेको जनाइएको छ । नियुक्त गरिएहरुमा दुर्गानन्द ठाकुर (सप्तरी), टेकराज पछाइ (जुम्ला), प्रवेज आलम अन्सारी (बारा), क्षितिज थेबे (ताप्लेजुङ), धनराज तुम्बापो (पाँचथर), शैलेन्द्रकुमार चौधरी (रौतहट), लक्ष्मीप्रसाद चौलागाई (कालिकोट), झलमाया बिक (नवलपरासी), संगिता अछामी (ललितपुर), जिनत अन्सारी (काठमाडौ), सम्झना अधिकारी (पर्वत), लिला शर्मा (दाङ), पिंकि कुमारी साह (धनुषा) र सिता सुवेदी (सुनसरी) छन् । यसैगरी उद्योग, श्रम, कृषि, खेलकुद, विज्ञान, प्रविधि, वातावरण, साहित्य तथा कला क्षेत्रबाट ६ जना नियुक्त गरिएका छन् । जसमा दिलिप न्यौपाने (कास्की), खिम प्रसाद पन्थी (अर्घाखाँची), तेज बहादुर थापा (बागलुङ), तुलसा वाइबा (सिन्धुली), पवित्रा भुर्तेल (काभ्रे) र थलु राजभण्डारी (ओखलढुंगा) छन् । परिषद्का पदाधिकारी तथा सदस्यको पदावधिक ४ वर्षको हुनेछ ।

परिषद्ले हरेक तीन महिनामा बैठक बसी आवश्यक नीति तथा कार्यक्रम निर्माण र निर्णयहरु गर्नेछ । आगामी आर्थिक वर्ष २०७३–७४ मा परिषद्का निम्ति ४० करोड बजेट बिनियोजन भएको छ । ऐनअनुसार परिषद्ले युवा सम्बन्धी दीर्घकालीन नीति तर्जुमा गरी सरकारसमक्ष सिफारिस गर्नेछ । त्यसैगरी युवा सम्बन्धी योजना तथा कार्यक्रम बनाई लागू गर्ने, परिषद्मा आवद्धता प्राप्त गर्ने संघ, संस्थाहरुले पालना गर्नु पर्ने शर्तहरु निर्धारण गर्ने, विकास निर्माण तथा समाज सेवाको क्षेत्रमा युवालाई स्वयंसेवकको रुपमा परिचालन गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण गर्नेछ ।

Nepal Youwa Parisad

विशेष