ताजा खबर News

पत्रकारलाई ज्यान मार्ने धम्की

पत्रकारलाई ज्यान मार्ने धम्की
जाजरकाेट असार - २० । जाजरकाेट एक एफएममा कार्यरत दुइजना पत्रकारलाई सुन व्यवसायीले ज्यान मार्ने धम्की दिएका छन् । Journalist-Step-5 रेडियो जाजरकोट १०५.६ का समाचारदाता जनक सिंह र बद्री पन्तलाई समाचार लेखेको भरमा ज्यान मार्ने धम्की आएको रेडियाे जाजजरकाेटका स्टेशन मेनेजर सुरेन्द्र सिंहले बताएका छन  । असार १९ गते र २० गते लेखेको समाचारमा आपत्ती जनाउँदै सुन व्यवसायी तिलक सुनार र जगत सुनार सहितअाएकाे सुनचाँदी ब्यवसायीहरूरकाे टाेलीले दय पत्रकार जनक सिंह र बद्री पन्तलाइ ज्यान मार्ने  धम्की दिएको रेडीयाे जाजरकोटका स्टेशन मेनेजर सिहंले बताए । उनले घटनाकाे उचित छानबिन गरी कार्बाहीकाे माग गर्दै नेपाल पत्रकार महासंघलाइ अनुराेध समेत गरेका छन । सुन व्यवसायीले ‘जाजरकोटमा सूनचाँदी व्यावसायीको व्यापक ठगी, नापतौलका सामाग्री जफत्’ शिर्षकमा प्रसारण भएको समाचार प्रति आपत्ती जनाएका थिए ।

विशेष