ताजा खबर News

दाहाल ओली भेट

दाहाल ओली भेट
Dahal Oli काठमाडौं, असार २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बजेट पारित गर्ने तथा सरकारका कामकारबाहीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा नौबुँदे सहमति कार्यान्वयन र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ । केही दिनअघि माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो । त्यसबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको जनाइएको छ ।

KP Oli Prachanda

विशेष