बामदेब नै लागे सरकार ढाल्ने खेलमा
काठमाडौं, २१ असार नेकपा एमालेका केही नेताहरु मन्त्री बन्ने लोभमा आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार ढाल्न सक्रिय भएका छन् । जसको नेतृत्व उपाध्यक्ष वामदेव गौतमले गरेका छन् । माओवादी केन्द्रका नेताहरुसँग मिलेर नेता गौतम सरकार ढालेर नयाँ सरकार बनाई फेरी सत्तामा जाने खेलमा लागेका छन् ।पार्टीको आचरण विपरीत उनले बजेट पास भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनु पर्ने बताएका छन् । माओवादी केन्द्रका नेताहरु पनि पछिल्लो समय बजेट पास गर्ने विषयमा बार्गेनिङ गर्दै आएका छन् । जसमा नेता गौतमले पनि साथ दिएका छन् ।
Bamadev Gautam Nepal Government