स्पेनी क्लबलाई दिइएको सहयोग फिर्ता गर्न आदेश

असार २१ । रियल मेड्रीड र बार्सेलोना सहित सात वटा प्रमुख स्पेनी फुटबल क्लबहरुलाई गैरकानूनी रुपमा सरकारी सहयोग दिइएको पाइएपछि दशौं लाख डलर फिर्ता गर्न आदेश दिइएको छ । गैरकानूनी रुपमा सार्वजनिक कोषको दुरुपयोग भएको भन्नेबारे युरोपेली आयोगको तीन वर्ष लामो अनुसन्धानपछि पछिल्लो निर्णय भएको हो । तीन वटा छुट्टा–छुटै इयु अनुसन्धानहरुले सात वटा स्पेनी फुटबल क्लबहरुले सार्वजनिक कोषबाट गैरकानूनी रुपमा सहयोग पाएको निश्कर्ष निकालेका छन् ।