खेल News

युरोकपको सेमिफाइनलमा को को भिड्दैछन्

युरोकपको सेमिफाइनलमा को को भिड्दैछन्

असार २१ । युरोकप फुटबलको सेमिफाइनलका खेल बिहीबारदेखि सुरु हुनेछ । फ्रान्स, जर्मनी, पोर्चुगल र वेल्स सेमिफाइनलको तयारीमा जुटेका छन् । पहिलो सेमिफाइनलमा पोर्चुगल र वेल्स बिच प्रतिस्पर्धा हुनेछ । यस्तै अर्को खेलमा फ्रान्स र जर्मनी प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा तीन टिमका चार खेलाडी खेल्न पाउने छैनन् ।

 

प्रतियोगितामा दुई पहेँलो कार्ड पाएका कारण वेल्सका दुई तथा पोर्चुगल र जर्मनीका एक एक खेलाडीले सेमिफाइनल खेल्न नपाउने भएका हुन् । वेल्सका बेन डेविस र आरोन रामसी सेमिफाइनलमा मैदान बाहिर हुनेछन् । यस्तै पोर्चुगलका विलियम कार्वाल्हो र जर्मनीका म्याट ह्यामल्सले पनि सेमिफाइनलमा खेल्न पाउने छैनन् ।

Uro cup

विशेष