साउदीमा आत्मघाती आक्रमण ५ जनाको मृत्यु

असार २१ । साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट भएको छ । इस्लाम धर्मावलम्बीले सबैभन्दा पवित्र स्थानको रुपमा लिने गरेको मदिनामा रहेको पैगम्बर मुहम्मदको मस्जिद नजिक आत्मघाती आक्रमणकारीले आफूलाई विस्फोट गराएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
मस्जिद नजिक रहेको सुरक्षा मुख्यालय आक्रमणको निशाना बनेको हो । विस्फोटनमा परि चार साउदी सुरक्षा अधिकारीको ज्यान गएको तथा अन्य पाँच जना घाइते भएको साउदी अरेबियाको अन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
ISI Saudi Attack