ताजा खबर News

अबको निकास, निर्माल निवास : शाही युवा शक्ति

अबको निकास, निर्माल निवास :  शाही युवा शक्ति

royal

असार २१ । राजसंस्था र जनताबीचको सम्बन्ध सुमधुर बनाउने भन्दै शाही युवा शक्ति नेपालले आगामी असार २३ गते पूर्वराजा ज्ञानेन्द्र शाहको ७० औं जन्मोत्सव मनाउने घोषणा गरेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो संस्थाले परम्परा, धर्म, संस्कृति, सामाजिक सद्भाव र राष्ट्रियताको संरक्षण राजाबाट मात्रै हुने भएकोले आफूहरुले राजसंस्था र जनताबीचको सम्बन्ध अझै घनिष्ट बनाउन जनस्तरबाटै पूर्वराजा ज्ञानेन्द्रको ७० औँ जन्मदिवस मनाउन लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पशुपति खड्काले राजा र जनता मिलेर देश बचाउनुपर्ने अवस्था आएको भन्दै अबको निकास निर्मल निवासमात्रै भएको ठोकुवा गरे ।

उनले राजसंस्था अन्त्य गरिँदा मुलुक दिनप्रतिदिन संकटको भूमरीमा फस्दै गएकोले भन्दै राष्ट्रिय एकताको प्रतीक राजसंस्था पुनस्र्थापना नगरिएसम्म समस्याको समाधान हुन नसक्ने ठोकुवा गरे ।उनले त्यहीकारण आफूहरुले राजा र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन जनस्तरबाटै जन्मोत्सव मनाउने तयारी गरेको बताए । संगठनले आगामी असार २३ गते महाराजगञ्ज प्रहरी चौकी अगाडि बिहान ११ बजे भेला भई जन्मोत्सव कार्यक्रम मनाउने कार्यक्रम तय गरेको जनाएको छ ।

Gyandra purba raja gyanendra pujapathama

विशेष