खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु
असार २१ । महोत्तरीको पशुपतिनगर–९ मा सोमबार एक जना १४ वर्षीय किशोरको खाल्डोको पानीमा डुबेर मृत्यु भएको छ । रातु नदीको बगरमा बनेको ठूलो खाल्डोमा जमेको पानीमा डुबेर मीनबहादुर सुसलिङ्गका १४ वर्षीय छोरा सुनिल भनिने लोकबहादुर सुसलिङ्गको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
Death