श्रीमतीलाई एसिड हान्ने पक्राउ
असार २१ । सप्तरीको बेल्ही चपेना गाविस–७ का अमल रामले आफ्नै श्रीमतीमाथि सोमबार तेजाब छ्यापेर गम्भीर घाइते बनाएका छन् । ४० वर्षीय रामले आफ्नै श्रीमती वेतनीदेवी रामको अनुहारमा तेजाब छर्केर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । तेजाब प्रहारबाट गम्भीर घाइते वेतनीलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कुन कारणले तेजाब हानेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।
Acid