प्रवास रोजगार News

अफगानस्तान जान अझै पाइने !

अफगानस्तान जान अझै पाइने !

afganistan असार २१ । श्रम तथा रोजगार मन्त्रालयले नेपाली कामदारले आफ्नै जिम्मेवारीमा अफगानिस्तान जान पाउने निर्णय गरेको छ । घर बिदामा फर्केका र पूर्वश्रम स्वीकृति लिएका नेपाली कामदारले आफ्नै जिम्मेवारीमा अफगानिस्तान जान पाउने छन । श्रम मन्त्रालयको सचिवस्तरबाट आफ्नै जोखिममा अफगानिस्तान जान पाउने निर्णय गरेको हो । उक्त निणर्यले घर बिदा वा पूर्वश्रमस्वीकृति लिएका नेपाली कामदारले आफ्नै जिम्मेवारीमा अफगानिस्तान जान खुला गरेको छ ।

असार ९ गतेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तान, लिबिया र सिरियामा कामदार पठाउन प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । दुई साताअघि अफगानिस्तानमा भएको बम विस्फोटमा १३ नेपालीको मृत्यु र ६ जना नेपाली घाइते भएपछि त्यहाँ जान सरकारले प्रतिबन्ध लगाएको थियो ।  लामो समयसम्म अफगानिस्तानमा काम गरेका कर्मचारीले रोजगारदाता कम्पनीबाट केही सञ्चयकोष जस्तो रकम पाउँछन ।त्यो रकम लिन जानका लागि खुला गरिएको हो श्रम मन्नलयले जनाएको छ । 

रोजगारदाताले सो रकम नपठाउने भएकाले कामदार जान पाइने व्यवस्था गरिएको मन्त्रालयको भनाई छ । अफगानिस्तानमा पारिश्रमिक बढी पाइने भएकाले नेपाली कामदारले रोजगारदाता कम्पनीबाट बढी रकम पाउने गर्छ । अफगानिस्तानमा कुनै जोखिम भए सरकार जिम्मेवार नरहने भएको छ

Afaganistan Rojgar

विशेष