खेल ताजा खबर News

गोल्डेन बुटका दावेदारहरु

गोल्डेन बुटका दावेदारहरु
Golden Boot

असार २१ । फ्रान्समा जारी युरो कपमा २४ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा २० टोली बाहिरिइसकेका छन् भने उपाधि होडमा ४ टोली बाँकी छन् । अब ३ खेल मात्र बाँकी छन् । सहभागी टोलीहरुमा च्याम्पियन बन्ने होडजस्तै खेलाडीहरुमा पनि उत्कृष्ट बन्ने र सर्वाधिक गोल गर्ने होड चल्छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले गोल्डेन बल र सर्वाधिक गोल गर्नेले गोल्डेन बुट अवार्ड पाउनेछन् ।

क्वाटरफाइनल चरणका खेलहरु सकिदाँसम्म फ्रान्सका ३ खेलाडी गोल्डेन बुटको होडमा अगाडि रहेका छन् । आइसल्याण्डलाई क्वाटरफाइनलमा ५–२ ले हराउने क्रममा फ्रान्सका ४ खेलाडीले गोल गरेका थिए, जसमध्ये ३ खेलाडी यस अवार्डको दाबेदारीमा अगाडि आएका छन् ।

युरो २०१६ मा गोल्डेन बुट दाबेदारमा अगाडि रहेका ६ खेलाडी

१. एन्टोनी गिज्मन, फ्रान्स 250019498

एन्टोनी ग्रिज्मन गोल्डेन बुटको होडमा सबैभन्दा अगाडि छन । उनले अहिलेसम्म सर्वाधिक ४ गोल गरिसकेका छन् । समूह चरणमा एक मात्र गोल गरेका ग्रिज्मनले नकआउट चरणको दुवै खेलमा गोल गरे । प्रिक्वाटरफाइनलमा आयरल्याण्डलाई २–१ ले हराउँदा दुवै गोल गरेका उनले क्वाटरफाइनलमा आइसल्याण्डविरुद्ध एक गोल गरेका थिए । समूह चरणअन्तर्गत अल्वानिया विरुद्धको खेलमा पनि ग्रिज्मनले गोल गरेका थिए । ग्रिज्मनले २ असिस्ट समेत गरेका छन् । २. ओलिभर जिरुड, फ्रान्स

fr

गोल्डेन बुटको दाबेदारमा अगाडि रहेका अर्का फ्रेन्च खेलाडी हुन, जिरुड । उनले ३ गोल गरेका छन् । उद्घाटन खेलमै रोमानियाविरुद्ध फ्रान्सका लागि गोलको खाता खोलेका जिरुडले त्यसपछि लगातार ३ खेलसम्म गोल गर्न सकेका थिएनन् । तर आइसल्याण्ड विरुद्धको क्वाटरफाइनलमा २ गोल गर्दै उनले गोल्डेन बुटको दाबेदारीमा आफूलाई अगाडि ल्याए । यस्तै उनले २ गोलका लागि सहयोग पनि गरेका छन् ।

३. दिमित्री पायट, फ्रान्स Payat युरो सुरु हुनुअघि पायटलाई कमैले चिन्थे । तर उनै पायट फ्रान्सका लागि नयाँ नायक बनेर उदाए । फ्रान्सलाई संकट परेको बेला उद्धार गर्दै आएका पायटले अहिलेसम्म जिरुडसमान ३ गोल गरेका छन् । समूह चरणको २ खेलमा १–१ गोल गरेका पायटले क्वाटरफाइनलमा आइसल्याण्डविरुद्ध पनि १ गोल गरे । पायटले पनि २ गोलका लागि सहयोग गरिसकेका छन् । ४. गारेथ बेल, वेल्स Wels

समूह चरणको तीन वटै खेलमा गोल गर्ने एक्ला खेलाडी हुन गारेथ बेल । त्यसपछि बेलले नकआउट चरणमा गोल गर्न सकेका छैनन् तर वेल्सको सेमिफाइनलसम्मको यात्रामा प्रेरणादायी प्रदर्शन गरिरहेका छन् । बेलले समूह चरणमा स्लोभाकिया, इंग्ल्याण्ड र रसियाविरुद्ध गोल गरेका थिए । ३ गोल गरेका बेलले १ गोलका लागि सहयोग समेत गरेका छन् ।

५.क्रिस्टियानो रोनाल्डो, पोर्चुगल Ronaldo समूह चरणका सुरुवाती २ खेलमा गोल गर्न नसकेको भन्दै आलोचित बनेका रोनाल्डोले समूह चरणको चरणको अन्तिम खेलमा हंगेरीविरुद्ध २ गोल गरेका थिए । रोनाल्डोकै २ गोल मद्दतमा हंगेरीलाई ३–३ को बराबरीमा रोक्दै पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको थियो । २ गोल गरेका रोनाल्डोले २ गोलका लागि नै सहयोग गरेका छन् । ६. नानी, पोर्चुगल Nani पोर्चुगलका नानीले पनि रोनाल्डो समान २ गोल नै गरेका छन् भने १ गोलका लागि सहयोग गरेका छन् । नानीले समूह चरणमा आइसल्याण्ड र हंगेरी विरुद्ध १–१ गोल गरेका थिए ।

Golden Boo Golden Boot

विशेष