नौ दिनसम्म समाधिमा बसेको फूर्ति लगाउने कृष्णदास महाराजसँग नक्कली 'सर्टिफिकेट'
प्रहरीले नक्कली डाक्टरको खोजि गर्न अप्रेशन क्वाक चलाइरहेको बेला सिद्धबाबा कृष्णदास महाराजकै शैक्षिक प्रमाणपत्र संकाको घेरामा परेको छ । सिद्धबाबा कृष्णदास महाराजका नामले प्रसिद्ध कृष्णबहादुर गिरीको शैक्षिक प्रमाणपत्रसमेत झूटो रहेको जानकारी नेपाल आजले प्राप्त गरेको छ । सिद्धबाबा कृष्णदास महाराजले पिएचडी गरेको भन्दै डाक्टरसमेत लेख्ने गरेका छन् । तर, उनले कहांबाट कहिले पिएचडी गरे भन्ने स्पष्ट छैन ।
प्रमाणपत्रका बारेमा संशययुक्त जानकारी पाएपछि नेपाल आजका प्रतिनिधिले काठमाडौंमा योगअभ्यासका क्रममा सिद्धबाबासंग सो बारेमा सोधेका थिए । उनले पुनाबाट विएस्सी र बोटनीमा एम्एसी गरेको जवाफ फर्काए । पिएचडी कहांबाट हो भन्ने प्रश्नको जवाफमा उनले पहिले पुनाबाट गरेको बताएका थिए । केही अल्मलिएका उनले सच्चाउदै गुजरात आर्युवेद विश्वविद्यालयबाट आफुले सोध गरेको दाबी गरे ।
उनको दाबी उनी आफैंले दिएको जीबन विवरण अनुसारसंग मेल खादैन । उनी ९/१० बर्षको उमेरमा सोलुखुम्बुको जुलुबाट भारतको पुना पुगे । केही समय अलमलमै वित्यो । त्यसपछि उनले सहयोगीमाफर्त क्रिष्चियन मिसिनरी विद्यालयमा पढ्ने अवसर पाए ।
उनी जम्मा ४३ वर्षका भए । १० बर्षअघि उनी नेपाल बस्ने गरी आएका थिए । ३३ बर्षको उमेरमा नेपाल आएका उनी १० बर्षसम्म विद्यालय यात्रा गरेकै थिएनन् । केही बर्ष उनी काशीमा भौतारिएर हिडेका थिए । जिन्दगीमा निकास ननिस्केर उनले आत्महत्यासमेत गर्ने सोच बनाएका थिए । भागिरथी नदीमा आत्महत्या गर्नका लागि हाम फालेका उनी उनकै शब्दमा भगवानको कृपाले बांचेका थिए ।
यो जीबनयात्रामा उनको पीएचडी गर्ने अवधि देखिदैन । स्रोतले दिएको जानकारी अनुसार उनी भारत रहंदा साधुसन्तको संगतमा रहने मौका पाए । योगसाधना र जडीबुटीका बारेमा जानकारी लिए । जडीबुटीका बारेमा उनीसंग राम्रै दख्खल भएपनि उनी बाहिर प्रचार गरिएजस्तो पिएचडी डाक्टर होइनन् ।
अब के ?
क्वाक डाक्टरको अप्रेशन चलाइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले आयुर्वेदिक चिकित्सकको प्रमाणपत्रमाथि पनि अनुसन्धान भइरहेको जनाएको छ । प्रवक्ता एंव प्रहरी उपरिक्षक दिवेस लोहनीले को माथि अनुसन्धान भइरहेको बताउन नमिल्ने बताए । उनका अनुसार मुद्धाको प्रथामिकताका आधारमा अनुसन्धान गर्ने गरिएको छ । सिद्धबाबाको प्रमाणपत्रमाथि अनुसन्धान भएनभएको बारेमा जानकारी दिन नमिल्ने बताएका लोहनीले उजुरी परेको भए जोसुकैमाथि निगरानी राखिने स्पष्ट गरे ।
सिद्धबाबासंग उनको प्राज्ञिक प्रमाणपत्रका बारेमा सोध्नका लागि पछिल्लोपटक गरिएको सम्पर्क सफल हुन सकेन । उनको प्रमाणपत्रमाथि लागेको प्रश्नको उत्तर दिन सक्ने सबैभन्दा उपयुक्त व्यक्ति उनी आफैं हुन् । उनले प्रमाणपत्र सार्वजनिक गरेमा उनीमाथि उठाइएको प्रश्न आफैंमा अनुचित ठहरिनेछ ।
होला त अनुसन्धान ?
कृष्णदास महाराज सुनसरीको चतरालाई केन्द्र बनाइ आर्युवेद र योग अभ्यासमा सक्रिय छन् । उनी आर्युवेद विश्वविद्यालय बनाउने उद्देश्यसहित नेपाल फर्किएको बताउंछन् । उनका सयौं अनुयायीपनि छन् । यस्ता व्यक्तिले प्रमाणपत्रकै बारेमा झूटो बोले होलान् त ? धेरैको मनमा उठ्ने स्वभाविक प्रश्न हो । उठेको प्रश्नको जवाफ उनी आफैंले स्पष्टरुपमा नदिएमा भालिका दिनमा उनीप्रति थप प्रश्न तेर्सिदै जानेछ । तसर्थ, उनले उनीमाथि कानूनी अनुसन्धान शुरु हुनुपूर्व नै यसबारेमा स्पष्ट गर्नु उचित हुने देखिन्छ ।
उनी आफैंले यसको स्पष्ट जवाफ नदिएमा उनीमाथि अनुसन्धान नहुने तर आशंका कायमै रहने देखिन्छ । उनको राजनीति र सुरक्षा निकायको माथिल्लो तहसम्म प्रभाव बलियो छ । उनी पोखरामा नौ दिने समाधीमा रहंदा प्रधानमन्त्री केपी ओली र प्रधानसेनापति राजेन्द्र क्षेत्री समाधीस्थल पुगेका थिए । प्रचण्ड प्रधानमन्त्री हुंदा चतरा पुगेर उनले आयोजना गरेको कार्यक्रमको उद्घाटन गरेका थिए । उनको पहुंच र प्रभावले उनीमाथि अनुसन्धान हुने सम्भावना कम रहेको बताइन्छ ।
र, योपनि
► के हो क्वाक अपरेशन ? वास्तविक अर्थ थाहा पाइराख्नुहोस्
► कृष्णदास महाराजः महायोगी कि महाढोंगी ? (भिडियो सहित)
krishna dash maharaj
krishna dash maharaj nai quack
quack