ताजा खबर News

यसरी टाले बाबुराम भट्टराईले पैसा चुहिने पाइपको प्वाल

यसरी टाले बाबुराम भट्टराईले पैसा चुहिने पाइपको प्वाल

naya-sakti

असार २१ । नयांशक्तिको विज्ञापनमा मल्टिमिडियाको प्रयोग गर्दै आएका डाक्टर बाबुराम भट्टराईले एनिमेसन गरिएको सामाग्री तयार पारेका छन् । देशले भ्रष्टाचार कम गरी सम्बृद्धिको बाटो लिन सक्ने सन्देश दिनका लागि उनले ४२ सेकेण्डको हाइटेक विज्ञापन तयार गरेका हुन् । नयां शक्तिको विज्ञापनमा पैसा आउने पाइपमा प्वालै प्वाल देखिन्छ । प्वाल अर्थात भ्रष्टाचार टालेपछि पैसा प्रशस्तै जम्मा भएको र विकासको बहार आएको देखाइएको छ । जम्मा भएको पैसा यातायात, जलबिद्युत, कृषि, पर्यटनलगायतका क्षेत्रमा लगानी गरी देश सम्बृद्ध बनाउन सकिने दृश्यमा देखाइएको छ । कलात्मक विज्ञापनको अन्तिममा सम्बृद्धि सम्भव छ हाम्रै पालामा भन्ने नयां शक्ति नेपालको नारा र पांच तारे झण्डा राखिएको छ ।

यसअघि बाबुराम भट्टराई आफैंले विज्ञापनमा मोडलिङ गरेका थिए । नयां नयां प्रयोग गर्न रुचाउंने र प्रविधिसंग अभ्यस्त भइरहने भट्टराईले राजनीतिक पार्टीले गर्ने परम्परागत प्रचारशैलीलाई त्यागेका छन् । उनको पार्टीले भित्ते लेखन, पोष्टरिङ, माइकिङ गरेको छैन ।

baburam bhattarai Naya Sakti

विशेष