मालपोतमा कर्मचारीले घुस लिएपछि हंगामा, सेवाग्राहीले खिचेको गोप्य भिडियो

दिनेश पौडेल जग्गाको ब्लुप्रिन्ट लिन मालपोत कार्यालय चाबहिल गए । उनी दिनसम्म धाउंदापनि ब्लुप्रिन्ट पाएनन् । उनकै आंखा अगाडि अर्काको काम तत्कालै भयो । सेवग्राहीले कर्मचारीलाई १ हजार रुपैयां दिए । कर्मचारीले देब्रे खल्तीमा पैसा राखे । अनि तुरुन्तै ब्लुप्रिन्ट उपलब्ध गराए । सबै दृश्य गोप्यरुपमा खिचेका दिनेशले त्यसपछि हंगामा गर्न थाले । उनले कर्मचारीलाई हायलकायल पारे । देब्रेपट्टिको गोजीमा १ हजार छ हेर्नुहोस् भन्दै उनले अरु कर्मचारीसंग सोधीखोजी गरे ।
घुस लिएको भनिएका कर्मचारीले खोजी देखाउन तयार भएनन् । बरु घुस दिएको मान्छे खोजेर ल्याउन भने । घुस दिएर ब्लुप्रिन्ट लिएको कर्मचारी त्यहां किन बस्थ्यो र ? दिनेशले फेसबुकमा दृश्य हाल्ने भनेपछि कर्मचारी अत्तालिएका थिए । उनको आक्रामक शैलीले कार्यालयमा तहल्का मच्चायो । यो भिडियो खिचेर उनले कर्मचारीलाई सबक सिकाएका छन् ।
Bribery Corruption Ghush Malpot Karyalaya Chabahil