थाहै नदिई अनुगमनमा आएको भन्दै सरकारी अनुगमन टोलीमाथि तरकारी व्यापारीको आक्रमण
बल्खु तरकारी बजारमा व्यापारीहरुले ढक तराजुको जथाभावि प्रयोग गरेको गुनासो बढेपछि मंगलबार सरकारी अनुगमन टोली अनुगमनका लागि गएका थिए । ढक तराजु परीक्षण गर्दा कम तौलको पाइएपछि कारवाहीको प्रक्रिया अघि बढ्यो । ढकतराजु जफथ गर्नेक्रममा अनुगमन टोलीमाथि तरकारी र पानीको बर्षा भयो ।
तरकारी व्यवसायीले सरकारी अनुगमन टोलीसहितको टोलीलाई थाहै नदिइ अनुगमनमा आउने अनि जे पायो त्यहीं गर्ने भन्दै आक्रमण गरेका थिए । आक्रमण हुन थालेसंगै त्यहां तैनाथ प्रहरीले माथि खबर गरे । ठूलो संख्यामा प्रहरी आएपछि तरकारी व्यवसायी हच्किए । कालीमाटी प्रहरीले स्थितीलाई नियन्त्रण लिने प्रयास भइरहेको जनाए ।
अहिलेसम्म कसैलाई पक्राउ नगरिएको कालीमाटी बृत्तका प्रमुख डिएसपी ले जानकारी दिएका छन् ।ठूलो संख्यामा प्रहरी परिचालन भएसंगै तरकारी व्यवसायी केही हच्किएका छन् । उनीहरुले सात दिनपछि अनुगमनमा आउन आग्रह गरिहेका छन् ।
Ganesh Man Pun