अपराध सुरक्षा ताजा खबर News

पूर्व सभासद राईमाथी आक्रमण, दोषीलाई कारबाही गर्न विभिन्न दलको प्रजिअलाई ज्ञापन पत्र

पूर्व सभासद राईमाथी आक्रमण, दोषीलाई कारबाही गर्न विभिन्न दलको प्रजिअलाई ज्ञापन पत्र

lpc lending paper असार २१ । पूर्वसभासद् अर्जुन राईमाथि भएको कुटपिटको घटनाप्रति खोटाङका नौ राजनीतिक दलले भत्र्सना गरेका छन् । जिल्लाको बुइपा जाने क्रममा हुर्लुङमा बास बस्नुभएका राईमाथि शनिबार राति नुनथला– ८ का २२ वर्षीय तेन्जिङ शेर्पा र उदयपुर कटारी –८ का २४ वर्षीय रमेश अछामी लगायत १२–१५ जनाको समूहले निर्घात कुटपिट गरेको भन्दै दलले निन्दा गरेका हुन् । राईमाथि कुटपिट भएको घटनालाई लिएर सोमबार प्रजिअ चन्द्रबहादुर कार्कीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै दलहरुले दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गराएका छन् ।

कुटपिटबाट राईको नाक, बायाँ हातको पाखुरा लगायतमा गहिरो चोट लाग्नाका साथै शरीर र टाउको लगायत विभिन्न ठाउँमा नीलडाम लागेको छ । नुनथला प्रहरीचौकीलाई खबर गरेपछि प्रहरीले पूर्व सभासद् राईलाई मरणासन्न अवस्थामा उद्धार गरेको थियो । कुटपिटका क्रममा ज्यान जोगाउन ‘मरेको अभिनय’ गरेपछि मात्र उनीहरुले छाडेको राईले बताएका छन् ।

घटनालगत्तै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर उपचार गराइएका राईलाई थप उपचारका लागि सोमबार हेलिकप्टर मार्फत काठमाडौँं पठाइएको छ । कुटपिटमा संलग्न शेर्पा र अछामीलाई खबर पाएलगत्तै पक्राउ गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बाए ।

Arjun Raj

विशेष