आमा छोरी सामूहिक बलात्कृत
साउन १७ । भारतको उत्तर प्रदेशमा आमा छोरीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । मुख्यमन्त्री अखिलेश सिंह यादवले राज्यका मुख्य सचिव, गृह सचिव तथा प्रहरी महानिर्देशकलाई घटनास्थल बुलन्दशहर जान निर्देशन दिएका छन् ।
प्रहरीका अनुसार नोएडाबाट शाहजहांपुर जाँदै गरेको एक परिवारको कार रोकेर केही व्यक्तिले पहिले लुटपाट गरेको र त्यसपछि आमा छोरीमाथि सामूहिक बलात्कार गरेका हुन् । राज्यका प्रहरी महानिर्देशक जाविद अहमदले घटनालाई अतिनै शर्मनाक भन्दै दोषीलाई कारबाही गर्ने प्रतिवद्धका जनाएका छन् प्रहरीले पक्राउ परेका १५ जनासँग सोधपुछ गरिरहेको छ । बिबिसी हिन्दी
Akhilesh Yada Utter Pradesh