अर्थ ताजा खबर News

भारतीय दबाबका कारण ग्यास बोक्ने बुलेट किन्ने हिम्मत पनि गर्न सकेन सरकारले

भारतीय दबाबका कारण ग्यास बोक्ने बुलेट किन्ने हिम्मत पनि गर्न सकेन सरकारले

Gas साउन १७ । भारतीय ग्यास बुलेट ढुवानी व्यवसायीको दबाबमा आपूर्ति मन्त्रालयले नेपाली नम्बर प्लेटको एलपी ग्यस ढुवानी गर्ने बुलेट खरिद प्रक्रियामा रोक लगाएको छ । साउन ४ गते नेपाली नम्बर प्लेटको बुलेट खरिद गर्ने विषयमा नेपाल आयल निगमले अनुमतिपत्र दिएलगत्तै मन्त्रालयले आफूखुसी साउन ५ गते बुलेट प्रक्रियामा रोक लगाएको हो ।

मन्त्रालयले ग्यास बोक्ने बुलेट सञ्चालसम्बन्धी ‘विनियमावली नभएको’ कारण देखाउँदै खरिद प्रक्रियामा रोक लगाएको हो । मन्त्रालय उच्च स्रोतका अनुसार बुलेट सञ्चालनसम्बन्धी विनियमावलीको बहानामा मन्त्रालयका जिम्मेवार अधिकारी र भारतीय बुलेट व्यवसायीको प्रभावमा उक्त खरिद प्रक्रिया रद्द गरिएको हो । अन्नपूर्ण पोस्ट

Gas Bullet

विशेष