देश News

तारा एयर दुर्घटना: दोषी माैसम र पाइलट

तारा एयर दुर्घटना: दोषी माैसम र पाइलट

Tara-Air-e1456307836645

साउन १७ । पोखराबाट जोमसोमको नियमित उडानमा रहेको तारा एयरको नाइन एन एएचएच टुइनअटर विमान मानवीय त्रुटीका कारण दुर्घटना भएको पाइएको छ । तारा एयरको विमान दुर्घटना भएको सम्बन्धमा जाँच गर्न गठित ‘दुर्घटना जाँच आयोग’ ले आइतबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो । उक्त विमान गत फागुन १२ गते म्याग्दीको दाना गाविसस्थित सोलीघोप्टे भिरमा दुर्घटना भएको थियो । दुर्घटनामा परी चालकदलसहित २३ जनाको मृत्यु भएको थियो ।

त्यसमा दुई विदेशी थिए । घटना भएकै दिन नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको थियो । तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको आयोगले त्योभन्दा बढी समय लगाएर अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रतिवेदनअनुसार प्रतिकूल मौसममा चालकले उडान गर्दा दुर्घटना भएको र घटना जहाजको प्राविधिक पक्षका कारण नभई मानवीय त्रुटीले भएको देखिएको छ ।

Tara AIr

विशेष