आमाको दुध शिशुलाई कतिको उत्तम
आज अगष्ट फस्ट, संसारभर बिभिन्न कार्यक्रम गरी बिश्व स्तनपान दिवसका रुपमा मनाइंदै छ । नेपालमा पनि यो दिवस स्तनपान सम्वन्धि जनचेतना जगाउने बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । संसारभर एक देखी सात अगष्ट सम्म साताव्यापी रुपमा मनाइने यस दिवसको यस बर्षको नारा ‘स्तनपान दिगो बिकासको महत्वपूर्ण उपाय’ रहेको छ ।
स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाको लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसंग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ । स्तनपानलाई परिवार नियोजनको एउटा माध्यमको रूपमा पनि लिइन्छ । आमाले जति धेरै पटक शिशुलाई दूध चुसाउछिन् त्यतिनै बढि अस्थाइ गर्भनिरोधको अवधि बढेर जान्छ ।
सबै स्तनधारी प्राणीहरूमा स्तनपान साधारण क्रिया हो । स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षाको काम समेत गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुदैन उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन् ।
आमाको दूधमा रोगाणु नाशक तत्त्वहरु हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमामा फलाम तत्त्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुहरूको शरीरमा उब्जने बिभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछ ।बाहिरी वातावरण बाट आमाको शरीरमा पुगेका रोगका जिवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउछन, शरिरले ति विशेष रोगाणुको बिरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउदछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलिबाट सिधै आमाको स्तन सम्म पुग्छन र दूधबाट बच्चाहरूको पेट मा पुग्दछ । यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन् ।
बाल्यकालमा पर्याप्त रूपले आमाको दूध खान नपाएका शिशुरुमा बाल्यकालमा शुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने संभावना अधिक रहन्छ । उनिहरुमा अपेक्षाकृत बुद्धि विकास समेत नहुने हुन्छ । यदि बच्चा महिना नपुगि जन्मेको प्रिम्याच्युअर छ भनेँ त उसलाई नेक्रोटाइजिङ्ग एन्टोरोकोलाईटिस जस्तो घातक रोग समेत हुनसक्छ । त्यसैले छ देखी आठ महिना सम्म शिशुहरूको लागि आमाको दूध उत्तम आहार मात्र हैन, यो जीवनरक्षक आहार पनि हो ।
World Brest day