देश News

हिलारी क्लिन्टन आउने भनेपछि स्विमिङ पुल ‘मिनरल वाटर’ले भरियो

हिलारी क्लिन्टन आउने भनेपछि स्विमिङ पुल ‘मिनरल वाटर’ले भरियो

Hialari clionton

साउन १७ । अर्को दिन समुद्री गुजरातबाट हामी नेपालको राजधानी काठमाडौंका लागि उड्यौँ । त्यो उडानमा पनि मैले अघिल्लो दिनका कुरा सम्झिरहेकी थिएँ । हिमाल–पहाडबीच करिब ४२ सय मिटरको उचाइमा अवस्थित काठमाडौं वरपरबाट पहाडहरुले घेरिएको छ । अमेरिकाको साल्ट लेक सिटी जस्तै उचाइमा भएको काठमाडौंको एउटा सफा दिनमा हिउँले ढाकिएका मनमोहक चुचुराहरु देखिन्छन् । नेपालको भौगोलिक बनावट तथा दृश्य विश्वकै सबैभन्दा सुन्दर दृश्यमध्ये एक हो ।

तर, मानव बसोबास भएका यहाँका ठाउँहरुमा अत्यन्त भीडभाड छ । यहाँ मानव फोहोर प्रांगारिक मलका रुपमा प्रयोग गरिन्छ र सफा पिउने पानी पाउन कठिन छ । कतिसम्म भने मैले भेटेका सबै अमेरिकीले एउटा न एउटा रोगलाई पराजित गरेका थिए । नेपालमा केहि समय बिताएपछि उनीहरुलाई विभिन्न रोग लागेको र त्यसलाई जितेको कथा उनीहरुसँग थियो । मानौँ , यो एउटा अनिवार्य परिघट्ना हो र उनीहरु त्यसलाई,आत्मसमत् गरिरहेका छन । मसँग भेट भएका पिस कोप्र्सका सदस्यहरुले पनि टिर्सट लगाएका थिए , जसमा उनीहरुले जितेका रोगहरुको सूची थियो । य

ही डरका कारण हामीले नेपालमा अत्यन्तधेरै सावधानी अपनायौँ । यो यसकारण पनि आवश्यक थियो कि हामी यात्राको आधाआधीतिर थियौँ र हामी बाँकी यात्रा गुमाउन चाहँदैनथ्यौँ । एक दिनमात्र पनि बिरामी परिएको खण्डमा यात्राका सारा कार्यक्रम प्रभावित हुने थियो । हामीले यही कुरा आयोजकलाई पनि जानकारी दिएका थियौँ । त्यसैले पनि उनीहरु हाम्रा चासोलाई सम्बोधन गर्न दत्तचित्त भएर लागे । ‘मम, तपाइ विश्वास गर्नै सक्नुहुन्न, सेक्रेट सर्भिस एजेन्टहरुले मलाई जे भनेका छन, त्यो तपाई पत्याउनै सक्नुहुन्न,’ अचम्म मान्दै छोरी चेल्सीले पहिलो दिनमै भनी, ‘उनीहरुले भने – हामी आउनु अघि स्विमिङ पुल पुरै सुकाइयो र त्यसमा बोतलको पानीले भरियो ।’ मैले त्यो सही थियो वा थिएन भनेर कहिल्यै खाजी गरिनँ, तर त्यसो गरिएकै हुन्थ्यो भने पनि त्यसले मलाई आचश्र्यचकित पार्ने थिएन ।

जदरबारमा शिष्टचार भेटका क्रममा राजा वीरेन्द्र वीरविक्रम शाहदेव र रानी ऐश्वर्याले मलाई भुइँमा ठुलो बाघको छाला आछ्याइएको कक्षमास्वागत गरे । रानीसँग त विमानस्थलमा पनि भेट भएको थियो र उनले मसँग कुराकानी गर्न आफु प्रतिक्षारत रहने बताएकी थिइन् । मैले सोचेकी थिएँ, रानीसँग नेपालको स्वास्थ्य सेवा तथा किशोरीहरुको शिक्षाका बारेमा मज्जाले कुराकानी गर्नेछु , तर दरबारमा उनीसँग कुरा गर्न पाइएन । दरबारमा भएको त्यो भेटमा सबै कुरा राजासँग मात्र भयो । रानी अधिकांश समय हाम्रो कुराकानी सुनेर मात्र बसिन् । केही वर्ष अघि मात्र उनले नेपाललाई लोकतान्त्रिक बाटोतर्फ लैजान आफ्ना केहि अधिकार दलहरुलाई दिएका थिए । त्यसबेला यो राष्ट्र प्रतिनिधिमूलका सरकार संस्थागत गर्ने संक्रमणबाट गुज्रिरहेको थियो र उनी सम्भावित अमेरिकी सहयोग र लगानीबारे कुराकानी गर्न खाजीरहेका थिए ।

त्यसबेला नेपालका ग्रामीण भुभागले माओवादी गुरिल्लाहरुबाट हिंसा र अशान्ति भोगिरहेको पनि थियो । तथापि, शाही परिवारलाई माओवादी गतिविधिभन्दा दरबारभित्र रहेका विकृतिबाट बढी खतरा थियो । अहिले पनि विश्वास गर्न गाह्रो भइरहेको छ, केहि वर्ष पछि राजा रानीसहित राजाको परिवारका आठ सदस्यको त्यही दरबारमा गोली हानी हत्या भयो । आधिकारिक रिर्पोटहरुमा अनुसार उनीहरुका हत्यारा युवराज थिए । जो आफ्नी प्रेमिकालाई बिहे गर्न नपाएकोमा आक्रोशित भएका थिए । भोलिपल्ट सबेरै,चेल्सी र म सहरभन्दा माथि पहाडमा लामो पैदलयात्राका लागि गर्याै । मानिसहरु हामी अघिबढेको हेर्न सडकका दायाँ–बायाँ उभिएका थिए । उज्याला आँखा भएकी करिब १०–११ वर्षकी केटीले हाम्रो साथ दिइ । तिनी टुटेफुटेको अंग्रेजीमा कुराकानी गर्थिन्,धेरैजसो न्युयोर्क सिटी वा क्यालिफोर्नियाको नाम लिन्थिन्, जसलाइ उच्चारण गर्ने क्रममा ठुलो वा सुखद जस्ता विशेषण जोड्थिन् ।

त्यसपछि तिनी यसरी सर्मथनमा टाउको हल्लाउँथिन् । अथवा हास्थिँन, मानौ हामी लामो कुराकानी गरिसकेका पुराना मित्र हौँ । हामी जति माथि गयौ, मैले देखेँ कसरी सम्पूर्ण जमिन केही न केही प्रयोजनका लागि सदुपयोग भएको थियो , आवास निर्माण गर्न, गरा बनाएर खेतीगर्न वा बुद्धिस्ट गुम्बाहरु बनाउन । मैले हाम्रो सबैभन्दा नजिकको गुम्बामा बजेको घन्टीको आवाज सुनेँ र फहराइएका सेता पवित्रध्वजापताका देखेँ । जब हामी फर्कियौँ , उक्त केटीका बाबु हामीलाई पर्खिरहेका थिए । त्यसवेला, मैँले थाहा पाएँ, ती केटी कहिल्यै स्कुल गएकी छैनन । नयाँ पत्रिकाबाट

Clinton Hilary C

विशेष