कस्तो शौख ! सपरिवार भारतबाट कारमै फ्रान्स
एजेन्सी–भारत बैंगलोरका एक दम्पत्ती आफ्ना एक छोरा एक छोरीका कारमा भारतबाट फ्रान्सको राजधानी पेरिस पुगेका छन् । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ तर यो सम्भव गरेका छन् भारतीय एक दम्पतीले ।
आनन्द र पुनिता वेदले आफ्ना ८ वर्षीय धृती र १२ वर्षका छोरा यशका साथ १ सय ११ दिनमा पेरिस पुगेका हुन् । यात्राकालागि उनीहरुले १२ देशका दुतावाससँंग अनुमति लिएका थिए । पहिलो विदेशी भूमि नेपालबाट यात्रा शुरु गरेका उनीहरु तिब्बत हुँदै एसिया र युरोपका विभिन्न मुलुक प्रवेश गरेका थिए ।
नेपाल–तिब्बत–ताजकिस्तान–इरान–युक्रेन–जर्मनीहुँदै यो परिवारले फ्रान्ससम्मको १४ हजार १ सय ५४ माइल यात्रा तय गरेको हो ।