११ न्यायधीशद्वारा पद तथा गोपनीयताको शपथग्रहण
साउन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशलाई नियुक्ति गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।
सो समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव डा सोमलाल सुवेदी, महान्यायाधिवक्ता हरि फुयाँल, सर्वोच्च अदालतका न्यायाधीशहरु, पुनरावेदन अदालतका न्यायाधीशहरु, नेपाल सरकारका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
नवनियुक्ति न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान रहनुभएको छ । उहाँहरुले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । नवयुक्ति न्यायाधीशहरुको संसदीय सुनुवाइ विशेष समितिले आइतबार ११ न्यायाधीशको नाम अनुमोदन गरेको थियो ।
Nayadhish