शेयर

हेवाखोलाको सेयर निष्कासन गर्न माग

हेवाखोलाको सेयर निष्कासन गर्न माग
share market साउन -१७ । हेवाखोला जलविद्युत् परियोजना ‘ए’ निर्माणस्थल वरपरका बासिन्दाले आफूहरुका लागि सेयर निष्कासन गर्न जिल्ला प्रशासन कार्यालसँग माग गरेका छन् । परियोजना निर्माणको जिम्मा पाएको पाँचथर पावर कम्पनीले ९५ प्रतिशत काम सकिन लाग्दासमेत स्थानीयवासीका लागि सेयर निष्कासन नगरेको भन्दै प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् । विसं २०६७ देखि निर्माण सुरु भएको सो आयोजनाको क्षमता १५ मेगावाट रहेको छ । प्रभावित क्षेत्र याङ्नाम, भारपा, फिदिम र नाँगिनका बासिन्दाले दबाब समूहसमेत गठन गरेको समितिका अध्यक्ष जय रिजालले बताउनुभयो । प्रभावित क्षेत्रमा खानेपानी, घर, विद्यालय, सिँचाइजस्ता भौतिक संरचनाको क्षतिपूर्ती तथा मुआब्जा दिनुपर्ने, प्रभावित क्षेत्रलाई विद्युत्भार कटौती मुक्त क्षेत्र घोषणा गरिनुपर्नेलगायत माग स्थानीयवासीको रहेको छ । रासस

Share share bajar

विशेष