News

स्युचाटारस्थित सब स्टेसनमा लागेको आगो नियन्त्रणमा

स्युचाटारस्थित सब स्टेसनमा लागेको आगो नियन्त्रणमा
Fire साउन - १७ ।  नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित सब स्टेसनमा लागेको आगो नियन्त्रणमा अाएकाे छ । अागाे नियन्त्रणमा आएको जुद्ध वारुण यन्त्रले जनाएको छ। दिउँसो साढे दुई बजे अागाे नियन्त्रणमा अाएकाे हाे । स्युचाटारको १३२ केभी लाइनबाट नै काठमाडौँ उपत्यका भरी विद्युत प्रसारण हुने गर्दछ ।  आगो लागेसँगै काठमाडौँ उपत्यका भर विद्युत आपूर्ति ठप्प भएको छ। आगलागी कसरी भयो भन्ने बारे थाहा हुन सकेको छैन। अागाे निभाउन सुरुमा काठमाडौँबाट लगिएका दुई वटा दमकल लगिएकाे थियाे । ति दमकलले आगो निभाउन नसकेपछि ललितपुरबाट पनि एउटा दमकल स्युचाटार पठाइएको थियो। थप विवरण अाउन बाँकी छ ।

Fire Suchartra

विशेष