यसरी हुँदै छ धरहराकाे पुनः निर्माण
साउन – १७ । गत वर्षको भुकम्पबाट भत्किएको धरहरा अब ४२ रोपनी क्षेत्रफलको फराकिलो जग्गामा पुनर्निमाण गरिने भएको छ । मन्त्रालयले सार्वजनिक गरेको डिजाइन अनुसार भूमिगत पार्किङ, दुई वटा लिफ्ट, म्युजियम, थिएटर र रेष्टुरेण्टसहितको धरहरा ११ तलाको हुने छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केज कन्सल्ट प्रालिमार्फत धरहराको डिजाइन सार्वजनिक गरेको हो । २६ लाख रुपैयाँको डिजाइन अनुसार धरहरा बनाउन ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सरकारले धरहराको पुनर्निमाणका लागि सहयोग जुटाउन ‘म बनाउँछु मेरो धरहरा’ अभियान संचालन गरेको ८ महिनाको अवधिमा जम्मा १ करोड ९५ लाख रुपैयाँ संकलन भएको छ ।
सहयोग रकम अपेक्षित रुपमा संकलन नभएपछि नेपाल टेलिकमले धरहराको पुनर्निमाणका लागि अनुमानित गरिएको ३ अर्ब रुपैयाँ नै लगानी गर्न इच्छा देखाइ सरकारलाई पत्राचार गरेको छ ।
Dharahara