करेन्ट लागेर एक युवाको मृत्यु
साउन - १७ । घरमा बिद्युत सर्ट भई करेन्ट लाग्दा साेमबार एक जना युवाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपरासीको देवचुली– ४ झाक्रेका २१ बर्षीय जगत तामाङको मृत्यु भएको हो ।
घरमा वायरिङ्ग गरिरहेको अवस्थामा एक्कासी करेन्ट लागेका उनलाई उपचारका लागि दलदले स्थित देवचुली अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी सहायक निरिक्षक कमल रानाले जानकारी दिए ।