विदेश

गुजरातकी मुख्यमन्त्री पटेलले पार्टीसमक्ष राजीनामा

गुजरातकी मुख्यमन्त्री पटेलले पार्टीसमक्ष राजीनामा
Anandiben_2103229f साउन - १७ । भारतकी आनन्दीबेन पटेलले पार्टीसमक्ष राजीनामा दिएकी छिन् । गुजरातकी मुख्यमन्त्री उनले गुजरात भाजपा प्रमुखलाई राजीनामा बुझाएकी हुन् । समाचार अनुसार पार्टीमा ७५ वर्षे स्वच्छिक अवकासको अभूतपूर्व परम्परा सुरु भएको पटेलले बताएकी छन् । उनी नोभेम्बरमा ७५ वर्ष पुरा गर्नेछिन् । ‘२०१७ को अन्त्यमा गुजरातमा चुनाव हुँदैछ । नयाँ मुख्यमन्त्रीलाई पर्याप्त समय होस् भनेर मैले दुई महिना अघि नै जिम्मेवारीबाट मुक्त गर्ने भनेको छु,’ उनले भनिन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पटेलको राजीनामा पार्टी बैठकमा पेश गर्ने बताए । गुजरातमा भइरहेको आन्दोलनलाई लिएर राज्यमा सरकारको पूर्ण नियन्त्रण नरहेको कुरा गर्न थालिएको थियो । आनन्दीबेन मुख्यमन्त्री रहँदा नै पटेल समुदाय र दलितले आन्दोलन सुरु गरे ।

Anandiben Patel India

विशेष