ताजा खबर राजनीति News

सत्ताका लागि एमालेले साथ नदिए पनि संविधान संशोधन गर्ने तयारी

सत्ताका लागि एमालेले साथ नदिए पनि संविधान संशोधन गर्ने तयारी

UCPN-Maoist Chairman Pushpa Kamal Dahal, Nepali Congress Chairma

साउन १८ । मधेसी मार्चा काग्रेस माआवादी गठबन्धनमा बन्ने सरकारलाई सघाउन अन्तत सहमत भएको छ । सोमबार राति अबेरसम्म बसेको दुईपक्षीय बैठबले सहमतिको मस्यौदा तयार पारेको मोर्चाका नेता उपेन्द्र यादवले जानकारी दिए । संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादव अनुसार सहमतिका बुँदा भने मंगलबार कांग्रेस माओवादी र मोर्चाका शीर्षस्थ नेताको हस्तरक्षरपछि मात्र सार्वजनिक गरिनेछ ।

सीमांकन, नागरिकतालगायत विषयकमा संिवधान संशोधन गर्न अब बन्ने सरकारले प्रक्रियाअघि बढाउने तथा मधेस आन्दोलनक्रममा मृतकका परिवार तथा क्षतिपूर्ति उपलब्ध गराउन कांग्रेस माओवादीतर्फबाट प्रतिनिधित्व गरेका नेता तयार भएपछि मोर्चासँग सहमति नजिकिएको बैठक स्रोतले जनायो । कांग्रेस नेता तथा कार्यदल सदस्या रमेश लेखकका अनुसार सोमबारको छलफल एकदमै सकारात्मक रहेकाले मंगलबार त्यसलाई अन्तिम रुप दिइनेछ ।

सहमतिअनुसार मोर्चाले तत्काललाई नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल पक्षमा मतदान गर्ने र सरकार गठनमा सघाउनेछ । सरकारमा भने केहि समयपछि मात्रै सहभागी हुने समझदारी छ । कांग्रेस, माआवादीको व्यवहार तथा संविधान संशोधनको विधि र प्रक्रिया हेरेरमात्र सरकारमा सामेल हुने÷ नहुनेबारे निर्णय गर्ने मोर्चा नेताहरुले बताएका छन् । असोज पहिलो सातासम्म संविधान संशोधन प्रक्रियाको काम पूरा गरेर व्यवस्थापिका संसदमा विधेयक पेस गरिसक्ने मोर्चाको माग रहेको रामसपाका महासचिव केशव झाले बताए ।

केपी शर्मा आली सरकारका उपप्रधानमन्त्री कमल थापा नेतृतवको टोलीसँग मोर्चाका नेताहरुले ३६ पटकसम्म वार्ता गरे पनि उपलब्धिविहीन हुँदै आएको थियो । खासगरी सीमांकन र नागरिकताका सवालमा मोर्चा र ओली नेतृत्वको सरकारबीच विवाद बढेका थियो । संविधान संशोेधन हुन नसकेकै कारण मधेसमा लामो आनदोलनसमेत भएको थियो । उतm सहमतिपछि बुधबार बहुमतीय प्रणालीअन्र्तगत व्यवस्थापिका संसद्मा मतदान हुँदा मोर्चाका सांसदले दाहालको पक्षमा मतदान गर्ने बाटो खुलेको छ । नागरिक दैनिकबाट

rajniti

विशेष