ताजा खबर राजनीति News

उम्मेद्वार तय गर्न एमाले बैठक, हार्ने चुनाव नलड्ने दोस्रो पुस्ताका नेताको जवाफ

उम्मेद्वार तय गर्न एमाले बैठक, हार्ने चुनाव नलड्ने दोस्रो पुस्ताका नेताको जवाफ

Baluwatar

नयां प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका अनुसार संसद भवन नयाँ बानेश्वरमा ११ बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रधानमन्त्री बन्ने निश्चितजस्तै छ । विपक्षी मोर्चाका तर्फबाट प्रचण्डको उम्मेदवारी निश्चित भएपनि वर्तमान सत्ता पक्षले उम्मेदवार तय गरिसकेको छैन ।

एमालेले उम्मेदवार छनौट गर्नका लागि ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समितिको बैठक बोलाएको छ । हार्ने निश्चित भइसकेको चुनावमा प्रतिष्प्रर्धा गर्न नेताहरु अनिच्छुक देखिएका छन् । प्रमुख सचेतक भानुभक्त ढकालले दोस्रो पुस्ताका नेताहरुका तर्फबाट आफुहरुले हार्ने चुनाव लड्न तयार नभएको सन्देश पठाइएको जनाए । हार्नका लागि युवा पुस्ता नजाने उनको भनाइ छ । उनका अनुसार उपाध्यक्ष बामदेब गौतम वा उपनेता सुवास नेम्वाङ्ग मध्ये कोही एकजना उम्मेदवार बन्ने सम्भावना छ ।

गौतमले आफुलाई संसदीय दलको नेता बनाइए उम्मेदवार बन्न तयार रहेको सन्देश प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी ओलीलाई दिएका छन् । त्यस्तै, नेम्वाङ्गले भोलिका दिनमा पार्टीले प्रधानमन्त्री पाउने अवस्थामा पनि उम्मेदवार बनाउने सुनिश्चितता खोजेका छन् । प्रमुख सचेतक ढकालले यसबारेमा अनविज्ञता प्रकट गरे । उनले भने, ‘यो संसदीय दलको नेता फेर्ने मौसमपनि होइन, भोलिका लागि निधो गर्ने समयपनि होइन । मौसम अनुसारको निर्णय गर्नुपर्छ ।’

UML

विशेष