ताजा खबर News

बदला लिन ४७ सालको संविधान ब्यूँताएर कारबाही गर्दैछन् लोकमान

बदला लिन ४७ सालको संविधान ब्यूँताएर कारबाही गर्दैछन् लोकमान

Lokman साउन १८ । संविधान नभएको ‘अनुचित कार्य सम्बन्धी प्रावधान उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसनधान आयोग दबाबमा त्रिभुवन विश्वविद्यालयले चिकित्साशाास्त्र अध्ययन संस्थान (आईआेएम) का सात चिकित्सकमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । वर्तमान संविधानमा नरहेको तर अन्तरिम संविधान, २०६३ र नेपाल अधिराज्यको संविधान २०४७ मा रहेको ‘अनुचित कार्य’ मा कारबाही गर्ने प्रावधान टेक्दै अख्तियारले निर्देशन दिएपछि त्रिविले सम्बन्धित चिकित्सकलाई कारबाही थालेको हो ।

अन्तरिम संविधानको उत व्यवस्था अख्तियारले मनमौजी ढंगले दरुपयोग गर्न थालेकै कारण नयाँ संविधानमा नअटाएको हो । मेडिकल कलेजसम्बन्धी विभिन्न निर्णयमा आउने अनुचित दबाबलाई अटेरी गरेको प्रतिशोध साँध्न, योग्यलाई पन्छाएर आइओएम रित डिन पदमा समेत ‘चलखेल’ रहने गरी आयोगको निर्देशनमा त्रिविले सात वरिष्ठ चिकित्सकलाई सात दिनको म्याद दिएर आइतबार दास्रोपटक स्पष्टिकरण सोधने निर्णय गरेको छ । नागरिक दैनिक

lokman singh karki

विशेष