विदेश News

बाँदरले लुट्यो तीन लाख रुपियां

बाँदरले लुट्यो तीन लाख रुपियां

monkey

एजेन्सी – भारतको उत्तर प्रदेशको मथुरा नजिकै रहेको हाथरसमा एउटा बादरले शनिवार एकजना ब्यापारीको ३ लाख रुपियां लुटेको छ । लामो प्रयासपछि बादरले लुटेको रकम त फर्कायो तर ऊबाट पौने तीन लाख रुपियां मात्र बरामद भएको बताइएको छ । लुटपाट भएको दिन एक व्यापारी तीन लाख रुपियांको थैला बोकेर आएका थिए । उनी पैसाको थैला आफू नजिक राखेर अरु सामान किन्न व्यस्त थिए । त्यसैबेला एउटा बादर भित्र छिरेर उनको पैसाको थैला घिस्याउँदै त्यहांबाट गायब भएको थियो ।

बादरलाई समात्न गाउँका धेरै व्यक्ति पछाडि लागेका थिए । बादरले लामो समय सवैलाई छक्याएपछि अन्त्यमा पैसाको थैला एउटा घरको छतमा छोडेर भागेको थियाे। पछि त्यो थैला व्यापारीलाई फिर्ता गर्दा त्यसमा २५ हजार रुपियां कम थियो । अहिले गाउंमा यही विषयलाई लिएर चर्चा भइरहेको छ, थैलाबाट गायब भएको २५ हजार रुपियाँ बादरले लिएर गयो कि बादर धपाउन सक्रिय व्यक्तिहरूले ?

Monkey

विशेष