ताजा खबर राजनीति News

मोर्चासँग काँग्रेस माओवादीको सैद्धान्तिक सहमति, बाहिरै बसेर सरकारलाई सघाउने

मोर्चासँग काँग्रेस माओवादीको सैद्धान्तिक सहमति, बाहिरै बसेर सरकारलाई सघाउने

morcha

साउन १८ ।  काग्रेस र माओवादीले मधेशी मोर्चासँग सैद्धान्तिक सहमति गरेका छन् । तत्कालिन र दीर्घकालिन गरी दुई प्रकृतिका सहमति भएको सदभावना पार्टीका साँसद लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । आपसी सहमतिका आधारमा संविधान संशोधन गरी विवादको निरुपण गर्ने सैद्धान्तिक सहमति भएको छ ।

त्यस्तै मधेश आन्दोलनका घाइतेको उपचार, मृतकलाई सहिद घोषणा र क्षतिपूर्तीका सम्बन्धमा यसअघि भएको सहमति कार्यान्वयन गर्ने सहमति भएको छ । मोर्चा सरकारमा नजाने कर्णले स्पष्ट गरेका छन् । सरकारमा सहभागिता बारे गरिएको प्रश्नमा उनले सधैं एउटै प्रश्न कति अविश्वास भन्दै मोर्चा सरकारमा नजाने दाबी गरे । सहमतिलाई मस्यौदाको रुप दिन र हस्ताक्षर गर्न बाँकी रहेको साँसद कर्णले जानकारी दिएका छन् ।

Morcha

विशेष