News

सेती नदीकाे कटानले भिमादका ६० भन्दा बढी घर जोखिममा

सेती नदीकाे कटानले भिमादका ६० भन्दा बढी घर जोखिममा
साउन - १८ - दमौली, । बर्सेनि सेती नदीमा हुने कटानका कारण तनहुँको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने मुख्य व्यापारिक केन्द्र भिमाद बजारका ६० भन्दा बढी घर उच्च जोखिममा छन् । सेतीले बर्सेनि कटानी गर्दै जान थालेपछि ती घर जोखिममा परेका हुन् । सेती नदी नियन्त्रण तथा बजार व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम लम्सालले नदीले हुने कटानीले भिमाद बजार छेउका घर सङ्कटमा परेको बताए । दिनभर व्यापार गरे पनि राति सुत्न उनीहरु अन्यत्र जाने गरेका छन् । टेवा पर्खालको माग गरिए पनि गत वर्ष कुनै पनि बजेट नपरेको उनले स्पष्ट पारे । ऊर्जा र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जलउत्पन्न प्रकोप नदी नियन्त्रण महाशाखामा पुगेर निवेदन दिए पनि सुनुवाइ नभएको समितिका सचिव राजु परियारले बताए । अघिल्लो वर्ष सांसद् टुकराज सिग्देलले उपलब्ध गराएको सांसद विकास कोषको रु एक लाख ५० हजारले केही तारजाली लगाई ढुङ्गा भर्ने काम भएको थियो । रासस

Badi Damauli Seti Nadi

विशेष