ताजा खबर राजनीति News समाज

प्रचण्डले आमालाई 'हेला' गर्दा

प्रचण्डले आमालाई 'हेला' गर्दा
[caption id="attachment_15898" align="alignnone" width="854"]prachanda 3 तस्विरः प्रकाश दाहालको फेसबुकबाट[/caption] साउन - १८ । भावि प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आमालाई हेला गरेको बात लागेको छ । प्रधानमन्त्रीको उम्मेदवारीको फारममा उनले आमाको नाम छुटाएपछि उनि आलोचित भएका हुन् । आमाबुबा दुबैको नाम लेख्नुपर्ने ठाऊंमा उनले बुबा मुक्तिराम दाहालको नाम लेखेका छन् । तर, आमाको नाम उल्लेख गरेका छैनन् । उनको आमाको नाम भवानी दाहाल हो । आफ्नै आमाको नाम बिर्सेका भनि उनको आलोचना हुनुको मुख्य कारण हो लैङ्गिक विभेद । बाबुको नाम मात्र लेखिन्थ्यो पहिले । शान्तिप्रक्रिया शुरु भएपछि सरकारी अड्डामा आमाको नाम पनि लेख्न थालियो । लैङ्गिक समानताको लागि लडेको दाबी गर्ने प्रचण्डले आफ्नै आमाको नाम छुटाएपछि अहिले आलोचकका लागि 'मसला' बनेको छ । उनको फारममा शुरुमा उनकै नाम पनि अधुरो थियो । पुष्पकमल दाहाल मात्र लेखिएकोमा पछिबाट प्रचण्ड थपिएको थियो । प्रचण्ड आफैंले फारम नफरेको र सहयोगीले भरिदिंदा त्रुटी भएको उनको सचिवालयले जनाएको छ । हस्ताक्षर गर्ने बेलामा आफ्नो उपनाम समेत ख्याल गर्ने प्रचण्डले आमाको सक्कली नामसमेत ख्याल गरेनन् । उम्मेदवारी फारममा चरम लापरवाही देखिन्छ । माओवादी केन्द्रकै नाममा पहिले कमा लेखिएको र त्यो मेटिएको देखिन्छ । सानासाना कुराले पनि ठूलाठूला अर्थ राख्छन् भन्ने बुझाइ नेताहरुमा कहिले होला कुन्नी ? प्रश्न अनेक तबरले उठिरहेका छन् ।

Prachanda prakash dahal

विशेष