
साउन - १८ । सर्लाहीको हरीवन नगरपालीका ६ मा ना ३ ख ४८८९ नम्बरको स्कुल बस अनियन्त्रित भई नहरमा खस्दा बसमा सवार १३ जना बिद्र्याथी घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि नमुना अस्पताल हरिवन पठाइएको छ । सबै घाईतेहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दुर्घटनामा संलग्न बसलाई ईलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।
sarlahi
School Bus