ताजा खबर विदेश

रसियाली सैनिक हेलिकप्टर विद्रोहीले खसाल्यो

रसियाली  सैनिक हेलिकप्टर विद्रोहीले खसाल्यो

rasiya a

साउन १८ । सिरियाको उत्तरी इलाकामा उडिरहेको रसियाली हेलिकप्टरलाई विद्रोहीहरूले ध्वस्त पारिदिएका छन् । हेलिकप्टरमा सवार आफ्ना पाँचै जना सैनिकको मृत्यु भएको रसियाले जनाएको छ ।

रसियाको एमआई–८ हेलिकप्टर इलडिब भन्ने प्रान्तमा उडिरहेका बेला घटना भएको हो । रसियाली सुरक्षा मन्त्रालयका अधिकारीका अनुसार हेलिकप्टरमा दुई सैन्य अधिकारी र ३ जना सिपाही सवार थिए ।

हेलिकप्टर आतंकवादीको कब्जाबाट हालै सिरियाली सरकारले खोसेर लिएको सहर एलेप्पोमा मानवीय आवश्कताका सामग्रीहरू पुर्याएर फर्कंदै थियो । सिरियामा हतियारधारी समूह धेरै भएकाले कसले हमला गरेको हो भन्ने पुष्टि नभएको अधिकारीहरूले जनाएका छन् ।

सिरियामा राष्ट्रपति असादको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन गृहयुद्धमा परिणत भएपछि रसियाली गत वर्षको अन्ततिर विद्रोही विरुद्ध सैन्य कारबाहीमा असादलाई सघाएको थियो। त्यसयता रसियाले बेहोर्नुपरेको यो हालसम्मकै ठूलो क्षति हो।

रसियाले भनेको छ– ‘आफूहरूबाट असादलाई सैन्य सहयोग भएको भए पनि यो खसालिएको हेलिकप्टर भने नितान्त मानवीय सेवामा समर्पित थियो।’ तर रसियाको यो दाबीलाई विश्लेषकहरूले संदिग्ध रूपमा हेर्नुपर्ने बताएका छन् किनभने उसले हालसम्म आफ्ना हेलिकप्टरहरू विद्रोहीलाई दबाउने सिरियाली सरकारको फौजी कारबाहीका लागि प्रयोग गर्दै आएको थियो। तर जे भए पनि यो घटनाले विद्रोहीविरुद्ध रसियालाई अझै क्रूद्ध बनाउने भने निश्चतै छ।

रसियाले पटक–पटक विद्रोहीहरूलाई नरसंहारकारी, बर्बर र आततायीभन्दा फरक नभएको जिकिर गर्दै आइरहेको थियो। खसालिएको हेलिकप्टरलाई विद्रोहीले घिसारेको तस्बिर सार्वजनिक भएपछि रसियाको आक्रोश अझै बढेको छ ।

heli copter rusiya syiriya attact

विशेष