विदेश

चिनियाँ नौसेनाकाे पूर्वी चीन सागरमा सैन्य अभ्यास

चिनियाँ नौसेनाकाे पूर्वी चीन सागरमा सैन्य अभ्यास
china army साउन – १८ । आफ्नो ८९ औं स्थापना दिवसको अवसरमा चिनियाँ नौसेनाले पूर्वी चीन सागरमा सैन्य अभ्यास थालेको छ । सेनाले सागरमा दर्जनौं मिसाइल र टर्पिडो समेत प्रहार गरेको छ । चिनियाँ सेनाले पूर्वी चीन सागरमा आफ्नो इलेक्ट्रोम्याग्नेटिक प्रभाव कायम राख्दै आक्रमणको तिव्रता, सटिकता र स्थिरता बढाउन यो अभ्यास गरिएको जनाएको छ । केही दिन अघि मात्र चिनियाँ राष्ट्रपति शी जिनपिङले आफ्नो देशको सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका थिए । दक्षिणी चीन सागरमा बढिरहेको तनावप्रति लक्षित गर्दै आदेश दिएको अनुमान गरिएको छ । चिनमा संसारकै सबैभन्दा ठूलो संख्यामा सेना तैनाथ छन् । चिनियाँ सेनामा २३ लाख जवान रहेको विश्वास गरिन्छ । चीन संसारको एक मात्रे देश हो जहाँ सेना पूर्णरुपमा सत्तारुढ दलको नियन्त्रणमा रहन्छ । चीन साउथ चाइना सीमामा भारत, अमेरिका लगायतका देशले अनावश्यक चासो राखेको भन्दै क्रुद्ध छ ।

China Sea Army

विशेष