साउन - १८ । भारतमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ९० भन्दा बढी भएको जनाइएको छ ।
त्यसैगरी सो बाढी कारण करिब १० लाख व्यक्तिलाई सरकारद्वारा सञ्चालित शरणार्थी शिविरमा लगिएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
भारी वर्षा र बाढीको कारण विहार, आसाम र हिमाञ्चल प्रदेशलाई अत्यन्त प्रभावित पारेको बताइएको छ ।
तीन राज्यमा भारी वर्षापछि आएको बाढीमा परी ९६ जनाको मृत्यु भएको सो राज्यका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।
विहारमा करिब दुई लाख ६० हजार बाढी पीडितलाई राज्य सरकारद्वारा बन्दोबस्त गरिएका चार सयभन्दा बढी उद्धार शिविरहरुमा राखिएको बताइएको छ ।
त्यसै गरी सो बाढी पीडितलाई राखिएको उक्त इलाकामा चार सयभन्दा बढी स्वास्थ्य शिविरको पनि बन्दोबस्त गरिएको पनि समाचार जानकारी दिइएको छ ।
आसाममा करिब ३८ लाख व्यक्ति हालै आएको यस बाढीबाट प्रभावित भएको राज्य अधिकारीले जनाएका छन् ।
बाढी प्रभावित ती व्यक्तिहरुमा सात लाखभन्दा बढीलाई सात सय ७० वटा उद्धार शिविरमा लगिएको राज्य अधिकारीले जानकारी दिएका छन् । एपी
badhi
India
India Flood