विदेश

‘मतदान प्रकृयामा धाँधली हुने आशंका’ - डोनाल्ड ट्रम्प

‘मतदान प्रकृयामा धाँधली हुने आशंका’ -  डोनाल्ड ट्रम्प
donald trumf साउन १८ । रिपब्लिकनका तर्फबाट नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार डोनाल्ड ट्रम्पले मतदान प्रकृयामा धाँधली हुने आशंका व्यक्त गरेका छन् । ओहायो, कोलम्बसमा एक ¥यालीलाई सम्बोधन गर्दै उनले आफूले निर्वाचनमा धाँधली हुन्छ भन्ने धेरै सुनेको बताए । यद्यपि उनले त्यसको कुनै प्रमाण भने दिएनन् । यस्तै उनले एक टेलिभिजन कार्यक्रममामा पनि बोल्दै नोभेम्बर ८ मा हुने निर्वाचनमा रेपब्लिकनहरु सतर्क नभए हार बेहोर्नुपर्ने बताएका छन् । ट्रम्पले पेन्सलभेनियाको एक र्यालीलाई सम्बोधन गर्ने क्रममा आफ्नौ प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई ‘राक्षस’ भनेका छन् । उनले क्लिन्टनको प्रत्यासी रहेका बर्नी स्यान्डर्सको पनि विरोध गर्दै भने, ‘स्यान्डर्सले पनि अन्त्यमा राक्षससँग सम्झौता गरे । क्लिन्टन राक्षस हुन् ।’ ट्रम्पले पछिल्लो समय अमेरिकी मुस्लिम सैनिकका बारे गरेको टिप्पणीलाई लिएर भने उनको पार्टी भित्रैबाट पनि आलोचना भइरहेको छ । त्यो आलोचनाहरुबाट ध्यान अन्यत्र लैजानका लागि पनि उनले मनलागि बोलिरहेको राजनीतिक विश्लेषणकारहरुले दाबि रहेका छन् ।

donald trumpf nirbachan

विशेष