ताजा खबर राजनीति News

प्रचण्डले गरे राप्रपा नेपाललाई सरकारमा जान प्रस्ताव

प्रचण्डले गरे राप्रपा नेपाललाई सरकारमा जान प्रस्ताव
pushpa dahal साउन १८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै हैसियतमा सरकारमा आउन राप्रपा नेपाललाई आग्रह गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टेलिफोन गरेर प्रचण्डले सरकारलाई समर्थन गर्न र केपी ओली सरकारमा जस्तै यो सरकारमा पनि पार्टीको हैसियत लिएर सहभागी हुन आग्रह गरेका हुन् । ओली सरकारमा राप्रपाले उपप्रधानसहित तीन मन्त्रालय पाएको थियो । उसका राज्य र सहायकसमेत गरी ६ मन्त्री थिए । प्रचण्डले आइतबार निजी निवास लाजिम्पाटमा थापासँग छलफल गरेका थिए भने मंगलबार टेलिफोन गरेर सरकारका पक्षमा मत दिन आग्रह गरेका थिए । राप्रपा नेपालले मंगलबार बसेको बैठकमा अध्यक्ष थापाले प्रचण्डसँगको छलफलबारे जानकारी गराएका थिए । उनले सरकारमा जाने वा नजाने विषयमा आफ्नो धारणा राखेका थिए । बैठकले राप्रपा नेपाल र राप्रपाबीचको एकता प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा प्रधानमन्त्रीको निर्वाचनमा दुवै पार्टीको एउटै धारणा आउनु उपयुक्त हुने निष्कर्ष निकालेको जारी विज्ञप्तीमा जनाइएको छ । एकता सुनिश्चित गर्न अन्तिम प्रयास गर्न र प्रधानमन्त्रीको निर्वाचन सम्बन्धमा टुङ्गो लगाउन कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठक पुनः बुधबार बिहान बोलाइएको छ

kamal Thapa maobadi Prachanda puspakamal dahal prachanda rajniti Raprapa Nepal

विशेष