अर्थ ताजा खबर News

पेट्रोलियम पदार्थको मूल्य घट्याे

पेट्रोलियम पदार्थको मूल्य घट्याे
aayal-nigam साउन - १८ । – पेट्रोलियम पदार्थको मूल्य फेरि घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मटि्टतेल र एलपीजी ग्यासको मूल्य घटाएको हो । घटेकाे मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने छ । निगमले पेट्रोल, डिजेल, मटितेलमा २ रुपैया मूल्य घटाउने निर्णय गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्राल प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ । डिजेल र मटितेलकाे मूल्य ७३ रुपैयाँ लिटर भएको छ । यस अघि पेट्राेलकाे ९९ डिजेल र मट्टितेलकाे मूल्य ७५ ताेकिएकाे थियाे । त्यस्तै ग्यासकाे पनि मूल्य गटेकाे छ । एलपीजी ग्यासमा २५ रुपाैया मूल्य घटाउने निर्णय निगमले गरेकाे छ । १४ सय पर्ने ग्यासकाे मूल्य घटेर १३७५ पर्ने भएकाे छ । स्वचालित मूल्य प्रणाली लागू भएपछि पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेको छ । तर, अझै अन्तराष्ट्रिय बजार अनुपातमा मूल्य कम भएको छैन ।

Diesel Petrol Petrol Price

विशेष