ताजा खबर News

मडारियो राजनीतिः प्रचण्डलाई मतदान गर्नेबारेमा मोर्चामा खटपट

मडारियो राजनीतिः प्रचण्डलाई मतदान गर्नेबारेमा मोर्चामा खटपट

साउन - १८ । मंगलबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उम्मेदवारीमा समर्थक बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले साँझ नपर्दै प्रचण्डलाई भोट दिन नसकिने प्रतिक्रिया दिएका छन् । यादवले प्रतिष्प्रर्धी मैदानमा कोही नभएपछि काँग्रेस र माओवादी बटारिएको आरोप लगाएका छन् ।

बिहान सैद्धान्तिक सहमति भएको र त्यसलाई लिपीबद्ध गर्ने बेलामा काँग्रेस माओवादीले बहानाबाजी गरेको यादबको आरोप छ । मोर्चाकै अर्को घटक सदभावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले प्रचण्डलाई मतदान नगर्ने बारेमा कुनै निर्णय नभएको प्रष्टिरण दिएका छन् ।

उनले मोर्चाले प्रचण्डलाई मतदान गर्ने र विश्वासको वातावरण बनाउँदै अघि बढिने जनाए । मोर्चाले मतदान नगरेपनि प्रचण्डलाई बहुमत पुग्ने देखिन्छ । तर, यस्तै स्थिति अघि बढिरहे निश्चित भनिएको प्रचण्डको प्रधानमन्त्री पद संशयमा पर्ने देखिन्छ । रात रहे अग्राख पलाउंछ भन्ने उखान छँदैछ ।  

Prachanda

विशेष