News

त्रिभुवन विमानस्थल सुधारको प्रयास असफल

त्रिभुवन विमानस्थल सुधारको प्रयास असफल
ananda Prasad Pokharelसाउन–१८ । पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा त्रिभुवन विमानस्थल सुधारको प्रयास गरे पनि सफल नभएको बताए । विमानस्थल सुधारका लागि अधिकारसम्पन्न प्राधिकरण बनाउनुपर्नेमा जोड दिएका छन् । उनले गृह, अर्थ, रक्षा, विभन्न क्षेत्रका कर्मचारीलाई एउटै स्थानबाट ल एण्ड अर्डर गर्ने व्यवस्था भयो भने मात्रै एयरपोर्ट सुध्रिदै जाने नत्र भने झन् नाजुक बन्दै जाने बताए । उनले आफुले गरेका धेरै कामहरु मध्ये नेपाल बुद्धिजमको उद्गमस्थल हो भनेर प्रचार गराउन सक्नु आफ्नो ठूलो उपलब्धी भएको चर्चा गरे । एयरपोर्टका जुनसुकै स्तरका श्रमिक, कर्मचारीहरुले पनि इमान्दारीतापूर्वक काम गर्नुपर्ने उनले बताए । उनले नेपालका पर्यटकीय सम्पदा सबैका साझा सम्पदा हुन भन्ने बुझ्न आग्रह गरेका छन् । सम्पदाको व्यवस्थापन र राजश्व संकलनमा आवधिक टेन्डर गर्ने प्रक्रिया सुरुवात नगर्ने हो भने सरकारको दायित्व पनि नरहने उनको भनाई थियो । उनले नेपाल पर्वतारोहण संघ(एनएमए) प्रति लक्षित गर्दै एउटा संस्थाले राज्यको सम्पति सबै नागरिकको अधिकार पाउनुपर्छ भन्ने होईन, सक्षम संस्थाले अधिकार पाउनु पर्ने र आबधिक टेन्डर गर्ने प्रक्रियाको सुरुवात गर्नु पर्ने बताए ।

Ananda Pokharel nepal airport

विशेष