खेल ताजा खबर News

आएरल्याण्डको डनडल्क क्लब युरोपा लिगमा छनौट

आएरल्याण्डको डनडल्क क्लब युरोपा लिगमा छनौट

Dundalk (1) साउन १९ । आएरल्याण्डको क्लब डनडल्क युरोपा लिग फुटबलको समूह चरणका लागि छनौट भएको छ । आइरिस च्याम्पियन च्याम्पियन्स लिगको प्लेअफमा पनि स्थान बनाउन सफल भएको छ । मंगलबार राति भएको च्याम्पियन्स लिग छनौटको तेस्रो चरण अन्तर्गतको दोस्रो लेगमा बेलारुसको क्लब बेइट बोरिसोभलाई ३–० ले हराएर समग्रमा ३–१ को जितसँगै डनडल्कले युरोपा लिगको समूह चरणमा स्थान बनाएको हो ।

Dundalk

डनडल्कको जितमा म्याकमिलनले दुई तथा बेनसनले एक गोल गरे । च्याम्पियन्स लिगको प्लेअफमा डनडल्कले म्यानचेस्टर सिटीसँग खेल्ने छ ।

Uropa leauge

विशेष