News

कुकुर खान शहर पस्छ चितुवा

कुकुर खान शहर पस्छ चितुवा

Chituwa साउन १९ । सदर चिडियाखाना, जावलाखेलमा मंगलबार दिउँसो एउटा चितुवाको पोष्टमार्टम भयो । चन्द्रागिरी नगरपालिका १० बालागाउँमा पसेको चितुवा सोमबार साँझ स्थानीयले मारेपछि जिल्ला वनले त्यसको पोस्टमार्टम गरायो । रिपोर्टमा टाउँको फुटेर मृत्यु भएको देखियो । यो त एउटा मात्र घटना हो, पछिल्लो समय यस्ता घटना बढिरहेका छन् ।

पछिल्लो एक महिनाभित्रै कीर्तिपुर, बानेश्वर र कुलेश्व्रका घरमा चितुवा पसे । यसरी पसेका चितुवा कति समातिन्छन्, कति मारिन्छन् लेखाजोखा नै छैन । राजधानीमा मात्र होइन, पहाडी जिल्लाका सदरमुकाम र गाउँमा सबैतिर यस्ता घटना दोहोरिइरहेका छन् । सबै घटनाले आम नागरिकमा एउटै प्रश्न उब्जाउँछन्– आखिर किन सहर पस्छन् चितुवा ? देहरादुनबाट वन्यजन्तु विज्ञानमा स्नातकोत्तर, अनुसन्धानकर्ता आशिष विष्टले हालैको आफ्नो प्रारम्भीक अध्ययनलाई उद्धृत गर्दै भन्छन्, ‘गाउँसहरमा कुकुरको संख्या बढेको छ । जंगलमा आहारा नभेटेपछि चितुवाले के गरोस् त ? नागरिक दैनिक

Lepad

विशेष